सुदूरपश्चिम


धौलिगंगा बाँध खोलियो, सतर्कता अपनाउन सुझाव

धौलिगंगा बाँध खोलियो, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८० शनिबार ६:३५, काठमाडौँ

भारतको धौलिगंगा बाँध पुनः खोलिएको र महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले सुझाव दिएको छ। 

बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएको सतर्कता अपनाउन  बैतडी प्रशासनले आग्रह गरेको हो।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको हो।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए। 

यसअघि गत असार २६ गते परियोजनाको बाँध खोलिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .