सुदूरपश्चिम


खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक, एकको उद्धार, अर्का बेपत्ता

खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक, एकको उद्धार, अर्का बेपत्ता

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार ७:४६, डोटी

डोटीमा सेती नदीमा डुबेर बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन्। उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदलाई भने स्थानीयले उद्धार  गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ। 

बेपत्ता सुशान्तको खोजीका  लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .