सुदूरपश्चिम


कञ्चनपुरमा प्लास्टिक माला प्रयोगमा रोक

कञ्चनपुरमा प्लास्टिक माला प्रयोगमा रोक

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:४३, कञ्चनपुर

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोन भन्दा कम तौंलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो।

दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा समारोहहरुमा प्लाष्टिक फूलगुच्छा तथा मालाहरुको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामाग्रीको प्रयोगले वातावरण प्रदुषणका साथै स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने गरेको छ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ। 

प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोन भन्दा कम तौलका प्लास्टिक झोला लगायतका सामाग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .