सुदूरपश्चिम


खगराजलाई दल नेताबाट हटाएको जानकारी प्रदेश सभा सचिवालयले सरकारलाई गरायो

खगराजलाई दल नेताबाट हटाएको जानकारी प्रदेश सभा सचिवालयले सरकारलाई गरायो

नेपालखबर
माघ १५, २०८० सोमबार २१:१, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टलाई हटाइएको विषयमा प्रदेश सरकारलाई जानकारी गराइएको छ।

प्रदेशसभा सचिवालय धनगढीले सोमवार माओवादी संसदीय दल नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराइएको छ।

गत शुक्रवार माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेका थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जना सांसद दल नेता फेर्ने पक्ष उभिएका थिए।

खगराज भट्टसहित सामाजिक विकासमन्त्री झपड बहादुर साउँद तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी र जानकीदेवी कुँवर संसदीय दलको नेता हेरफेर गर्ने निर्णयको बैठकमा सहभागी नै थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .