सुदूरपश्चिम


कुटपिटबाट बझाङमा एक जनाको मृत्यु, बुवाछोरा पक्राउ

कुटपिटबाट बझाङमा एक जनाको मृत्यु, बुवाछोरा पक्राउ

नेपालखबर
फागुन १४, २०८० सोमबार १८:३२, कञ्चनपुर

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–७ सुकेडाका ४० वर्षीय रामप्रसाद जोशीको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गरेर हत्या गरेको आरोप प्रहरीले बुवा छोरालाई सोमबार पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी आएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक व्यापक शाहले बताए। 

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–७ सुकेडाकै ४८ वर्षीय जयबहादुर हमाल र उनका छोरा जनक हमाल छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विवादपछि आइतबार दिउँसो हमाल र मृतक जोशीबीच धक्कामुक्का भएको थियो। 

जोशीले राति अफ्ट्यारो भएको महसुस गरेपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालमा चिकित्सकले जोशीलाई राति नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

हत्या आरोपमा समातिएका बुवा छोरालाई अहिले म्याद थपका लागि अदालत लगिएको छ। मृतक जोशीको शव जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .