ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा माधव र घनश्यामको फोन- कांग्रेसतिर नजानू, चिठी रोक्नू

सुदूरपश्चिममा माधव र घनश्यामको फोन- कांग्रेसतिर नजानू, चिठी रोक्नू

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:१३, काठमाडौँ

नागरिक उत्मुक्ति पार्टी (नाउपा) भित्रको विवादले सुदूरपश्चिममा सरकार पाउन कठिन भइरहेका बेला सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीमा पनि किचलो सुरू भएको छ।

केन्द्रको निर्देशनविपरीत सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेस नेतृत्वकै गठबन्धनमा सरकार बनाउने सुर कसेपछि परिस्थिति झन् अन्योलपूर्ण बनेको छ।

सुदूरपश्चिममा सत्ता गठबन्धनको एघ नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँदै छ। 

नाउपाका रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाई कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकार बनाउन लागेपछि केन्द्रसम्मै हलचल पैदा भएको छ।

नाउपा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री दिन सहमति जनाउँदै कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले पत्र लेखेका छन्।

नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका ४ सांसदको समर्थनसहित लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन्।

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी छन्। उनी पनि मुख्यमन्त्री पदका आकांक्षी थिए। तर, बिहान बालुवाटारमा बसेसको सत्ता गठबन्धनको बैठकले पहिला नाउपालाई मुख्यमन्त्री दिने सहमति गरेको थियो।

 केन्द्रको निर्णयविपरीत सुदूरपश्चिममा बेग्लै कसरत गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र घनश्याम भुसालले प्रदेशका संसदीय दलका नेता सोडारी र अन्य सांसदहरूलाई फोन गरेर रोक्न भनेका छन्। सोडारीनिकट स्रोतका अनुसार, केन्द्रबाट अध्यक्ष नेपाल र महासचिव भुसालले फोन गरेर पार्टी नीतिविपरीत कांग्रेससँग गठबन्धन नगर्न र चिठी पनि नलेख्न भनेका छन्।

रेशम पक्षका लक्ष्मणकिशोरका पक्षमा चिठी लेखिसकेको भए त्यो पनि रोक्न नेपाल र भुसालले निर्देशन दिएका छन्।  

केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी छन्। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छन्। 

सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .