ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १५:४४, काठमाडौँ

सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ। 

सोही अनुसार कांग्रेससहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ। र सो पत्र प्रदेश प्रमुखलाई दिएको छ।

नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन्।

यसअघि नाउपाभित्रैबाट कैलास चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टा छुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो।

एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मिया कानुनी परामर्शमा थिए।

तर, मंगलबार दिउँसो नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित बसेको बैठकमा सहमति जुटेको हो।

एकीकृत समाजवादीका सुदूरपश्चिम दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको माओवादी केन्द्रका सुदूरपश्चिम दलका नेता मानबहादुर धामीले जानकारी दिए।

‘सुदूरपश्चिममा सरकार बनाउन अड्केको हलो फुत्कियो अब अगाडि बढ्यो,’ धामीले नेपालखबरसँग भने, ‘अहिले हामीबीच सहमति जुटेको छ, अब नाउपाले पनि एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति जनाउन तयार भएको छ। एमाले दलका नेता राजेन्द्रसिंह रावल, म, एकीकृत समाजवादीका दीर्घ सोडारी र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले सहमति गरेका छौँ।’

उनका अनुसार अब नयाँ सहमतिबारे प्रदेश प्रमुखलाई जानकारी दिइने छ।

अब प्रदेश प्रमुखले फेरि मुख्यमन्त्रीका लागि दलहरूलाई आह्वानको सूचना दिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .