सुदूरपश्चिम


स्याउको दानाभित्र चरेश लुकाएर कैदी भेट्न पुगेका युवक समातिए

स्याउको दानाभित्र चरेश लुकाएर कैदी भेट्न पुगेका युवक समातिए

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १६:५६, कञ्चनपुर

कञ्चनपुरमा कैदीलाई भेट्न गएका एक युवक चरेशसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–८ का २२ वर्षीय तेजेन्द्र महरालाई ३ ग्राम ४० मिलिग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भीमदत्त नगरपालिका–१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा गएका बेला स्याउको दानाभित्र लुकाइ ल्याएको अवस्थामा चरेश भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad