सुदूरपश्चिम


कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १०:१०, कञ्चनपुर

कैलाली र कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार कैलालीमा ४ र कञ्चनपुर एक जना भारतीयसहित २ जना पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका-१० का एक किशोरलाई प्रहरीले १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

आइतबार राति ९ बजे धनगढी उपमहानगरपालिका-१०, सालघारीमा से २ प १९५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा किशोरको साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ सिभिल टोलमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परे। 

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षय रोशन सिंह, २४ वर्षीय वर्षा चौधरी र १५ वर्षीय किशोर छन्। 

आइतबार राति १० बजे पक्राउ परेका उनीहरूको साथबाट  १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ बैबाहमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परे। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको टाटरगञ्जका ४५ वर्षीय चुम्मन सिंह र कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चन्दनबस्तीका १८ वर्षीय किशोर छन्। 

प्रहरीका अनुसार उनीहरूको साथमा ७४ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad