सुदूरपश्चिम


चरेस बोकेको समूहका २ व्यक्ति पक्राउ परे, एकजना प्रहरीलाई धकेलेर भागे

चरेस बोकेको समूहका २ व्यक्ति पक्राउ परे, एकजना प्रहरीलाई धकेलेर भागे

प्रहरीको नियन्त्रणमा २ जना र बरामद चरेस


नेपालखबर
माघ २९, २०८१ मंगलबार ११:३८, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेव  जिरो प्वाइन्टबाट चरेससहित दुई जना पक्राउ परेका छन्।

मंगलबार बिहान सशस्त्र प्रहरीको बीओपी नजिकबाट ९ किलोग्रामभन्दा बढी चरेससहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबीसपाथीभेरा गाउँपालिका-२ का ३५ वर्षीय महेन्द्रबहादुर रोकाया र ४२ वर्षीय अमरबहादुर रोकाया छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार तीन जना चरेस बोकेर भारततर्फ गइरहेका थिए। 

इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने बेला उनीहरूको साथमा चरेस फेला परेको हो।

उनीहरूले शरीरमा चरेस बाँधेर बाहिरबाट ज्याकेट लगाएका थिए।

बझाङबाट चरेस लिएर आएका उनीहरू भारततर्फ गइरहेको खुलेको छ।

जाँच गर्ने क्रममा चरेस बोकेको समूहमा रहेका एक जना भने प्रहरीलाई हातपात गरेर भारततर्फ भागेको प्रहरीले जनाएको छ। 

ती व्यक्ति बझाङको छबीसपाथीभेरा गाउँपालिका-२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरी भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हातपातबाट घाइते प्रहरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइइको प्रहरीले जनाएको छ।

चरेससहित पक्राउ परेका दुई जनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad