सुदूरपश्चिम


विपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

विपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १५:४०, कञ्चनपुर

विपक्षी दलहरुको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपाको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन्।

प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले बैठकमा अवरोध गरेका हुन्।

विपक्षी दलले अनावश्यक रूपमा पद सिर्जना गरेर फजुल खर्च बढाउन खोजेको भन्दै सो सच्याउनु पर्ने माग गरेका छन्।

विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा सदस्य नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए।

शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै उनले नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad