सुदूरपश्चिम


कञ्चनपुर कारागारबाट भागेका कैदीद्वारा महिलामाथि बलात्कार प्रयास, पुनः पक्राउ

कञ्चनपुर कारागारबाट भागेका कैदीद्वारा महिलामाथि बलात्कार प्रयास, पुनः पक्राउ

नेपालखबर
भदौ २५, २०८२ बुधबार १६:४५, काठमाडौँ

कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दी महिलामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दिपक सुनार रहेका छन्। 

बुधबार दोधाराचाँदनी नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगतगाहा मगरले बताए। 

‘स्थानीयले कारागारबाट भागेर आएको बताएका छन्, यो पुष्टि गर्न बाँकी छ,’ उनले भने, ‘कारागार कार्यालयसँग बुझ्छौं।’ 

स्थानीयवासीका अनुसार मंगलबार राति उनी कारागारबाट भागेका थिए। २ वर्षअघिबाट उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad