राजनीति


कांग्रेसका खोटाङ प्रवक्ता राईको प्रश्न- पार्टी कार्यालय जलाउँदा र सभापतिमाथि आक्रमण हुँदा कहाँ थिए ७ लाख सदस्य?

कांग्रेसका खोटाङ प्रवक्ता राईको प्रश्न- पार्टी कार्यालय जलाउँदा र सभापतिमाथि आक्रमण हुँदा कहाँ थिए ७ लाख सदस्य?

नेपालखबर
भदौ २५, २०८२ बुधबार १६:४६, काठमाडौँ

नेपाली कांग्रेस खोटाङले सोमबार भएको जेनजीको प्रदर्शनको क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति घोर भर्त्सना गरेको छ।

पार्टीका प्रवक्ता रोजन राईले विज्ञप्ति जारी गर्दै हिजो (२०८२ भदौ २३ गते) जेनजी समूहले अघि सारेका भ्रष्टाचार अन्त्य गर्ने मागमा व्यापक जनसमर्थन रहेको स्वीकार गर्दै त्यसको नाममा हिंसा र अराजकता फैलाउनु निन्दनीय भएको बताएका हुन्।

उनले नेपाली कांग्रेस पार्टी कार्यालय कब्जा गरी आगजनी गर्नु, सभापति देउवामाथि ‍‍आक्रमण हुनु, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, प्रहरी प्रशासनका भवन, निजी क्षेत्रका होटल तथा बैंकमा तोडफोड र आगजनी हुनु, भाटभटेनी आगजनी र लुटपाट हुनु तथा कैदीलाई जेलबाट भगाइएको घटनाप्रति गम्भीर खेद प्रकट गरेका छन्।

देउवामाथि आक्रमणको प्रतिवाद गर्ने संकेत गर्दै जुनसुकै मूल्य चुकाउन तयार रहेको पनि भनेका छन्। 

'आदरणीय सभापतिज्यु तपाईंले आफ्नो जीवनकालमा गर्नुभएको यी महत्त्वपूर्ण योगदानको हामी स्मरण मात्र गर्दैनौ यसको लागि जुनसुकै मूल्य चुकाउन हामी तयार छौँ। तर यतिभन्दा भन्दै हाम्रा पार्टीका केही साथीहरूलाई मेरा केही प्रश्न छ,' उनले भनेका छन्, 'जीवनभर लोकतन्त्रको लागि लड्नु भएका आदरणीय पार्टी सभापति शेरबहादुर देउवाको घरमा आगलागी र उहा माथि आक्रमण हुदा कहाँ थिए तरुण दल, नेविसंघहरू र तीनका नेतृत्वहरू? कहाँ थिए केन्द्रीय पदाधिकारीहरू? कहाँ थिए सात लाख सदस्यहरू? हामी चुप लाग्दा, हामी निदाउँदा पार्टी कार्यलय र पार्टी सभापतिमाथि मात्र आक्रमण भएन। हामी जीउँदो लास जस्तो बन्दाको परिणाम स्वरुप संसद भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियारको भवन, ,प्रहरी प्रशासनका भवनहरू, निजी होटलहरू जले, भाटभटेनी र बैंकहरू लुटिए । पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भयो। तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरुलाई जेल बाट भगाइयो।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad