कञ्चनपुरमा दिनमा निषेधाज्ञा र राति कर्फ्यु आदेश जारी छ।
जेनजीको उग्र आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी छ।
बिहान ३ घण्टा र बेलुकी २ घण्टा अत्यावश्यक कामको लागि आवतजावत गर्न दिने प्रशासनले जनाएको छ।
जिल्ला सदरमुकाम महेन्द्रनगरसहित अन्य पालिकाको केन्द्रका बजारमा नेपाली सेनासहित सुरक्षाकर्मी तैनाथ छन्।
निषेधाज्ञा र कफ्र्युले २४ भदौयता यहाँका बजार क्षेत्र सुनसान छन्। महेन्द्रनगर बजार क्षेत्रमा नेपाली सेनाले जाँचमा कडाइ गरेको छ।












150
Shares

प्रतिक्रिया