सुदूरपश्चिम


कञ्चनपुर ३ मा रास्वपाका महता विजयी

कञ्चनपुर ३ मा रास्वपाका महता विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार २२:६, कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर महता निर्वाचित भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका महता २७ हजार ११८ मतका साथ निर्वाचित भएका छन्।

कांग्रेसका हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले उछिन्दै उनले संसद यात्रा तय गरेका हुन। 

कांग्रेसका बोहराले ९ हजार ४४३ मत मात्रै प्राप्त गर्न सके।

यस्तै, नेकपा एमालेका डा.दीपकप्रकाश भट्टले ७ हजार ५७५ र नेकपाका मानबहादुर सुनारले ४ हजार २८४ मत हासिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad