सुदूरपश्चिम


पुच्छरमा डोरी बाँधिएको भैँसीले घिसार्दा बालकको मृत्यु

पुच्छरमा डोरी बाँधिएको भैँसीले घिसार्दा बालकको मृत्यु

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार ५:२२, बाजुरा

बाजुराको बडीमालिका नगरपालिकामा सोमबार भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ।

बडीमालिका नगरपालिका-६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।

भैँसी चराउन गएका बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्न खोज्दा बालकको टाउको ढुङ्गामा लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए।

उनका अनुसार मृतक बालकका आमाबुबा रोजगारीको सिलसिलामा भारतको मुम्बईमा छन्।

यसैबिच जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले घटनाबारे हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad