नेपालको जिल्लासँग जोडिएको भारतको धारचुलास्थित एनएचपीसी लिमिटेड, धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बुधबार बिहान ६ बजेदेखि बिहीबार बेलुका ६ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकाले यस नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।
दार्चुला जिल्ला प्रशासन कार्यालयले आज मंगलबार सूचना जारी गरी भारतको धारचुलास्थित धौलीगंगा पावर स्टेसनबाट बाँध खोलिने भनी पत्र आएकाले बुधबार बिहान ६ बजेदेखि ३६ घण्टासम्म महाकाली नदी आसपासका बासिन्दालाई सजग रहन सल्लाह दिएको हो।
सूचनामा भनिएको छ, ‘एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, तपोवन, धारचुला, पिथौरागढबाट प्राप्त पत्राचारअनुसार सो जलविद्युत् परियोजनाको बाँध मिति २०८३।०४।१३ गते 'बुधबार बिहान ०६:०० बजेदेखि मिति २०८३।०४।१४ गते बिहीबार अपराह्न ०६:०० बजेसम्म (लगभग ३६ घण्टासम्म) सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने
हुँदा सो अवधि र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’

Shares

प्रतिक्रिया