ad ad

सुदूरपश्चिम


नागरिक उन्मुक्ति महाधिवेशन: मध्यराति विधान संशोधन गरेर २ महासचिव चयन

नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी
नागरिक उन्मुक्ति महाधिवेशन: मध्यराति विधान संशोधन गरेर २ महासचिव चयन

फाइल तस्बिर : नागरिक उन्मुक्तिका नवनिर्वाचित महासचिवद्वय गंगाराम चौधरी र ठाकुरसिंह थारु


गोकुल जोशी
पुस २८, २०८० शनिबार ९:४९, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले दुई महासचिव चयन गरेको छ। कैलालीको टीकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनले आकांक्षीको व्यवस्थापन गर्न दुई महासचिव बनाएको हो।

प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी र लुम्बिनी प्रदेश बर्दियाका ठाकुरसिंह थारुलाई महासचिव चयन गरिएको घोषणा गरिएको छ।

एक महासचिवमा गंगाराम चौधरी, ठाकुरसिंह थारु र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीको उम्मेदवारी परेको थियो। 

एउटा महासचिव मात्रै राख्ने व्यवस्था रहेकामा शुक्रबार मध्यराति विधान संशोधन गरेर दुई महासचिव राख्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशको चित्त बुझाउन नागरिक उन्मुक्ति पार्टीले विधान नै संशोधन गरेको छ। 

शुक्रबार राति विधान संशोधन गरेर दुई महासचिव राख्ने विषयमा सहमति जुटेको महासचिवका आकांक्षी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले बताए। 

तीन जनाको दाबी रहेको महासचिवमा लुम्बिनी प्रदेशको पनि प्रतिनिधित्व हुने पर्ने आवाज चर्को रुपले उठ्दा सहमति जुटेको थिएन। जसले गर्दा महासचिवमा निकै रस्साकस्सी चलेको थियो। 

महासचिवमा ठाकुरसिंह थारुलाई अर्का दाबेदार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले सघाए। 

‘प्रत्येक भूगोलबाट प्रतिनिधित्व गर्नु पर्ने माग थियो। लुम्बिनी प्रदेशबाट उहाँ (ठाकुरसिंह थारु) को नाममा सहमित भयो,’ उनले नेपालखबरसँग भने, ‘विधान संशोधन गरेर दुई महासचिव बनाइएको हो।’

अध्यक्षमा रेशमलाल चौधरीसहित नागरिक उन्मुक्तिको अधिकाँस कार्यसमिति निर्विरोधन निर्वाचित भएको छ। अहिले नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .