ad ad

अटो


बीएमडब्लूको पहिलो विद्युतीय एसयूभी सार्वजनिक, मूल्य २ करोड २९ लाख

बीएमडब्लूको पहिलो विद्युतीय एसयूभी सार्वजनिक, मूल्य २ करोड २९ लाख

नेपालखबर
साउन २, २०८० मंगलबार ११:८, काठमाडौँ

बीएमडब्लूले नेपालमा पहिलो विद्युतीय एसयूभी सार्वजनिक गरेको छ। 

बीएमडब्लुको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले २ करोड २९ लाख रुपैयाँ पर्ने बीएमडब्लू आईएक्स गाडी सोमबार सार्वजनिक गरेको हो।

यो गाडी एक पटक फुल चार्ज गरेपछि ४६० किलोमिटर कुद्छ। यसमा एसी चार्जिङ ११ किलोवाट र डिसी चार्जिङ १५० किलोवाटसम्मको प्रयोग गर्न सकिन्छ। 

गाडीको अधिकतम पावर २१० किलोवाट आवर र ४०० एनएम टर्क रहेको छ। ६.८ सेकेन्डमा ० देखि १०० किलोमिटर अक्सिलेरेसन क्षमता रहेको गाडी फास्ट चार्जरबाट ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ।

बीएमडब्लूले सिरिज थ्रि, सिरिज फाइभ, सिरिज सेभेन र सिरिज एक्स मोडलका गाडी नेपालमा विक्री गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .