नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई)ले एक विशेष प्याकेज ल्याएको छ।
कोभिड-१९ को असहज परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि विशेष प्याकेज ल्याएको कम्पनीले जनाएको छ। प्याकेजमा ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ। यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क बीमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन सक्नेछन्।
विषम परिस्थितिमा कोरोना भाइरसविरुद्ध तत्पर लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएको जनाएको छ। योसँगै चार वर्ष को निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।
Shares

प्रतिक्रिया