विश्व रेकर्ड कायम गरेको मोटरहेड मोटरसाइकल कम्पनी तीन वर्षअघि नेपालमा भित्रिएको थियो। नेपालमा एसजी अर्गनाइजेसनअन्तर्गतको एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले कम्पनीका मोटरसाइकल नेपालमा भित्र्याएको हो।
सन् २००६ मा चीनमा स्थापना भएको मोटरहेड बाइक कम्पनी जापानी प्रविधिमा आधारित छ। मोटरहेडको टेक्कन २५० मोटरसाइकलले लगातार ३५ हजार कुदाएर २०१५ मा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएको छ।
नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले विश्व रेकर्ड कायम गरेको टेक्कन २५० बाटै नेपालमा आफ्नो सेवा सुरु गरेकोमा हाल ६ वटा मोडल भित्र्याइसकेको छ। मोटरहेडका डट र स्पोर्ट्स बाइक नेपालको भौगोलिक बनावटअनुसार उपयुक्त मानिन्छ। कम्पनीले नेपालको भौगोलिक अवस्थिति र बाटोको विश्लेषण गर्दै मोटरहेडका बाइक नेपालमा ल्याएको दाबी गरेको छ।
मोटरहेडका बाइक अफरोड र अनरोड दुवै सेग्मेन्टका लागि गुणस्तरयुक्त रहेका छन्।
‘आफ्टर सेल्स सर्भिस’लाई मुख्य प्राथमिकता
अफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवाको लागि कम्पनीले मिहिनेत गरिरहेको जनाएको छ। मोटरसाइकल खरिद गरेका ग्राहकले पहिलोपटक ५ सय किमि गुडेपछि सर्भिस गर्नुपर्छ भने त्यसपछि हजार किमिमा नियमित सर्भिस गर्नुपर्छ।

कम्पनीले इन्जिनमा २ वर्ष वा २० हजार किमिसम्मका लागि वारेन्टी दिँदै आएको छ।
‘नेपालमा स्थापना भएको छोटो समयमा नै १३ डिलर स्थापना गरिसकेको कम्पनीले सर्भिस सेन्टर र डिलर थप्दै जाने योजना बनाएको छ’, एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका मार्केटिङ म्यानेजर साइमन रसाइलीले भने, ‘मोटरहेडका कुनै पनि ग्राहक पार्ट्स नपाएर दुःख पाउनुपर्ने अवस्था छैन÷हुँदैन।’
नेपालमा भएका डट बाइकको तुलनामा मोटरहेडका पार्ट्सको मूल्य पनि सस्तो र टिकाउ रहेको छ। ग्राहकको सुझावअनुसार कम्पनीले सुरुमा आएका मोडलमा अपग्रेड गर्दै लगेको रसाइलीले बताए।

जापानी प्रविधिमा बनेको मोटरसाइकल ‘कम्प्लेक्स टेक्नोलोजी’मा नभएकाले कुनै समस्या आए सामान्य मेकानिक्सले पनि मर्मत गर्नसक्छन्।
मोटरहेडले देशभर डिलर र सर्भिस सेन्टर स्थापना गर्दै जाने योजना बनाएको उनले जानकारी दिए।
‘ग्राहकको सुविधाका लागि कम्पनीले कल सेन्टरको पनि स्थापना गर्ने योजना बनाएको छ। कुनै गन्तव्यमा जाँदै गर्दा बीचबाटोमा बाइकमा समस्या देखिए मोटरहेडले आफ्नो मेकानिक्स उपलब्ध गराउँछ’, उनले भने।
कम आम्दानी भएकाले समेत चढ्नसक्ने
नेपालमा भित्रिएका अफ रोड बाइक ६ देखि १२ लाखसम्म पर्ने गरेका छन्। जुन कम वा मध्यम आय भएकाहरुको लागि पहुँचबाहिरको कुरा हो। यी मोटरसाइकल सजिलै खरिद गर्न सकिँदैन। तर मोटरहेडका मोटरसाइकल भने मध्यम आय भएकाहरुले पनि चढ्न सक्छन्।

कम्पनीका अनुसार नेपालमा २ लाख ८८ हजारदेखि ४ लाख ५० हजारसम्ममा यी मोटरसाइकल किन्न सकिन्छ।
२५० सीसी इन्जिन क्षमता भएको टेक्कन बाइकको मूल्य ३ लाख ९२ हजार रहेको छ। १४ लिटर इन्धन ट्यांकी रहेको टेक्कन ६ गियर भएको बाइक हो। यसको अत्यधिक गति (टप स्पिड) १२० किमि प्रतिघण्टा छ। यसले अधिकतम १९ बीपीएचमा ८ हजार एपी शक्ति जेनेरेट गर्छ।
मेटल बडी भएको स्क्राम्बलर २५० को मूल्य ४ लाख ५० हजार रुपैयाँ छ। १४ लिटर इन्धन ट्यांकी भएको यो मोटरसाइकलले अधिकतम १२० किलोमिटर प्रतिघण्टा गति दिनसक्छ।

मोटरहेडको २५० स्पोर्ट्समा अन रोड भर्जनको मूल्य ३ लाख ६५ हजार र अफ रोड भर्जन मोटरसाइकलको मूल्य ३ लाख ६० हजार रुपैयाँ छ।
कम्पनीको एक्स टर्क न्यु इन्जिन भर्जन ३ लाख ८५ हजार र स्ट्यान्डर्ड भर्जन ३ लाख ८० हजार रुपैयाँ मूल्यका छन्। २५० सीसी इन्जिन क्षमताको मोटरसाइकलमा १२ लिटर इन्धन अट्छ।
त्यस्तै, एमएच २०० एक्स बाइकको मूल्य ३ लाख ७२ हजार रुपैयाँ पर्छ। यसबाहेक एमएच १५० को मूल्य २ लाख ८८ हजार रुपैयाँ छ। एमएच २०० को इन्धन क्षमता १२ लिटर र एमएच १५० को ७ लिटर रहेका छन्।
नयाँ मोटरसाइकल खरिदका लागि कम्पनीले ग्राहकलाई फाइनान्स र एक्सचेन्ज सुविधा समेत दिइरहेको छ। मोटरहेडका मोटरसाइकलले सामान्यतया १ लिटर इन्धनमा ३० देखि ४० किमि माइलेज दिन्छन्।

२० हजारसम्म नगद छुटसहित यस्ता छन् आकर्षक स्किम
कोभिड १९ को महामारीको परिस्थितिमा आफ्ना ग्राहकका लागि कम्पनीले छुटको व्यवस्था गरेको छ। मोटरहेडले एमएच १५० आर र स्क्राम्बलर २५० मा २० हजार रुपैयाँसम्म नगद छुट दिएको छ।
त्यस्तै, टेक्कन २५०, एमएच २०० एक्स, स्पोर्टस र एक्स टर्क २५० मा १५ हजार छुटको व्यवस्था गरेको छ।
कम्पनीको नगद छुटबाहेक ग्राहकले कुनै पनि मोडलका मोटरसाइकल खरिद गर्दा यस आर्थिक वर्षको शतप्रतिशत करछुट, तेस्रो पक्ष बीमाको साथ खरिदकर्ताको १ लाख निःशुल्क कोरोना बीमा र निःशुल्क हेलमेट समेत दिने स्किम ल्याएको छ।



प्रतिक्रिया