अटो


सुरक्षित रुपमा व्यवसाय खोल्ने वातावरण बनाउन सरकारसँग नाडाको माग

सुरक्षित रुपमा व्यवसाय खोल्ने वातावरण बनाउन सरकारसँग नाडाको माग

नेपालखबर
भदौ २२, २०७७ सोमबार १०:४४,

नाडा अटो मोबाइल एसोसिएसनले कोभिड १९ संक्रमणबाट बच्ने कडा सुरक्षात्मक उपाय अवलम्बन गर्दै व्यवसाय खोल्ने वातावरण बनाउन आग्रह गरेको छ।

सरकारले निषेधाज्ञा नखोले जनाता स्वयं सडकमा आउने भन्दै उसले कोरोनाबाट बच्ने उपाय निषेधाज्ञा वा लकडाउन नभएकोले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको हो।

‘संक्रमणबाट बच्ने सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना हुँदा सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचारका लागि हामी अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

विश्वव्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोखिम बढेको भन्दै ४ गतेदेखि उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको थियो। सुरुमा १ हप्ता भनिएको निषेधाज्ञा लगातार ३ हप्ता थप भएको छ।

नाडाले सरकारले अझै निषेधाज्ञाको अवधि थप गर्दै लैजाने अवस्था देखिएको भन्दै विरोध जनाएको हो। कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भइरहेको तर सत्य तथ्य यही नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आआफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रक्रियाहरु अवलम्बन गरिरहेको देखिन्छ।

दक्षिणपूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ।

उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिकाजस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार नदेखिएको नाडाले उल्लेख गरेको छ।

लकडाउनले देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ। यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जादा समस्या अरु भयावह हुने निश्चित रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad