अटो


तीनकुनेमा खुल्दै छ विश्व चर्चित बीएमडब्लुको नेपालमै पहिलो शोरुम (फोटोफिचर)

तीनकुनेमा खुल्दै छ विश्व चर्चित बीएमडब्लुको नेपालमै पहिलो शोरुम (फोटोफिचर)

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ८:३६,

विश्व प्रिमियम ब्राण्ड बीएमडब्लुको नेपालमा भव्य शोरुम खुल्दै छ। नेपालमा लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा पहिलो शोरुम खोल्नलागेको हो।

लक्ष्मी प्रिमियम मोटर्स लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी हो। लक्ष्मी ग्रुप नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता समेत रहेको छ। ठूला राजनीतिज्ञ, उद्योगी÷व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बीएमडब्लु गुणस्तर, सुरक्षा र आरामदायीका लागि विश्वभर प्रसिद्ध छ।

MAIN IMAGE BMW 2

विश्व बजारमा १०३ वर्षे इतिहास बोकेको लक्जरी कार उत्पादक कम्पनी बीएमडब्लुको तीनकुनेमा थ्रिएस अर्थात् सेल्स, सर्भिस, स्पेयरपाट्र्ससहितको भव्य शोरुम सञ्चालनमा आउन लागेको हो। तीनकुनेमा खोलेको शोरुम देशका मुख्य सहरमा विस्तार गर्ने योजना रहेको छ।

BMW first showroom 1

‘अहिले त पहिलो शोरुम खोल्दै छौँ। उपत्यकाबाहिरबाट पनि खोल्नुपर्ने सुझाव आएको छ’, कम्पनीका एक अधिकारीले भने, ‘बीएमडब्लु प्रिमियम ब्राण्ड भएकाले राम्रो बजार अध्ययन गरेपछि मात्रै शोरुम विस्तार हुन्छ।’

BMW first showroom 2

ती अधिकारीका अनुसार लक्ष्मी प्रिमियमले आधिकारिक रुपमा खुल्ला नभए पनि ५ वटा गाडी बिक्री गरिरहेको नेपालखबरलाई जानकारी दिए। बीएमडब्लुले नेपालमा एसयुभी सेगमेन्ट र सेडानमा लक्जरियर्स गाडी बिक्री गर्ने बताएको छ।

BMW first showroom 4

‘बीएमडब्लु एक्स ३ र सेभेन सिरिज सेडान गरी ५ वटा गाडी डेलिभरी नै गरिसकेका छौँ’, उनले भने। बीएमडब्लुले नेपालमा थ्री सिरिज, फाइभ सिरिज, सेभेन सिरिजका विभिन्न भेरियन्ट उपलब्ध गराउने उल्लेख गरेको छ। त्यसैगरी एक्समोडलमा एक्स १, एक्स २, एक्स ५ गाडी पनि उपलब्ह हुने छन् । जसमा हाइव्रिड गाडी समेत उपलब्ध रहेका छन्।

BMW first showroom 5

बीएमडब्लुको प्लान्ट भारतमा भए पनि नेपालमा आउने गाडी जर्मन, अमेरिका र अष्ट्रेलियाबाटै आउने कम्पनीले दाबी गरेको छ। नेपालमा उपलब्ध हुने गाडीको मूल्य कम्पनीले अझै खुलाएको छैन। ‘नेपाल बिक्री हुने गाडीको मूल्य कति हुन्छ त्यो अफिसियल ओपनिङमा नै भन्छौँ’, कम्पनीका ती अधिकारीको भनाइ छ।

BMW first showroom 6

करिब १५ वर्षअघि नेपालको हुन्डाई गाडीको आधिकारिक वितरक रहेको एभ्को इन्टरनेश्नलले बीएमडब्लुका गाडी भित्र्याएको थियो। एभ्को इन्टरनेश्नले ८ वटा बीएमडब्लुका गाडी ल्याई बिक्री गरेको थियो।

BMW first showroom 7

त्यसपछि विभिन्न कारणले उक्त कम्पनीले गाडी ल्याउन सकेन। १० वर्षअघि हुन्डाईको आधिकरिक बिक्रेता लिएको लक्ष्मी ग्रुपले हाल बीएमडब्लुका गाडी भित्र्याएको हो।

BMW first showroom 9

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad