अटो


भारतको कर्णाटक राज्यमा बन्ने भयो टेस्लाको कारखाना

भारतको कर्णाटक राज्यमा बन्ने भयो टेस्लाको कारखाना

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ८:१७,

विश्व नम्बर वान कार ब्रान्ड टेस्ला इन्कले दक्षिण भारतमा कारखाना स्थापना गर्ने भएको छ ।

कम्पनीले कर्णाटक राज्यमा उत्पादन युनिट स्थापना गरेर विद्युतीय कारहरुको उत्पादन गर्ने राज्य सरकारले जनाएको हो।

गत महिना टेस्ला मोटर्स इन्डिया र इनर्जी प्राइभेट लिमिटेडले बेंग्लोरमा कार्यालय दर्ता गरेका थिए । कर्णाटकलाई विश्व प्रविधि कम्पनीहरुले हब नै बनाएका छन् ।

मस्कले धेरैपटक कम्पनी भारतीय बजार प्रवेश गर्ने बताउँदै आएका थिए ।

गत डिसेम्बरमा टेस्ला सीईओ समेत रहेका अर्बपति एलन मस्कले सन् २०२१ मा टेस्ला भारतमा सार्वजनिक गर्ने बताएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad