भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टी एल ट्रेड सप्प्लायार्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन गरिएको छ।
म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ।
जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन्। यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन्।
यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ। म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। जहाँ म्याक ल्युब्रिकेन्टको प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ।
उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन्। यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ। म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी २०२१ को आन्तिमसम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टमा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ।
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थिती रहेको थियो।

प्रतिक्रिया