चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको शोरुम चाबहिलमा खुलेको छ।
कृष्ण इन्टरनेशनल प्रालिले हाउजेका बाइकहरुको सातौँ शोरुम उद्घाटनसँगै बिक्री सुरु गरेको हो।
कम्पनीका अनुसार नेपालका सबै मुख्य सहरदेखि गाउँसम्म हाउजे मोटरसाइकलको सर्भिस सेन्टर, पार्ट्सको बिक्री समेत गर्ने गरी शोरुम खोलिनेछ।
कम्पनीले अहिले आक्रामक शैलीमा मोटरसाइकल र स्कुटरको बिक्री गरिरहेको छ।
हाउजेका डर्ट सेग्मेन्टका बाइकहरु ल्याएर कम्पनीले नेपाली डर्ट मोटरसाइकल बजारमा अर्को प्रतिस्पर्धा थपेको जनाएको छ।
यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ।
इन्जिन वारेन्टी २ वर्ष छ भने निःशुल्क सेवा ६ पटकसम्म उपलब्ध रहेको र पार्टपुर्जा सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
काठमाडौंमै कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरीत दिशामा समेत यसको शोरुम छ। यसबाहेक टेकु र नयाँ बजारमा पनि खुलिसकेको छ।
उपत्यकाबाहिर चितवन, हेटौंडा र संखुवासभामा शोरुम उपलब्ध छ।
चाबहिलको शोरुम कम्पनीको सातौँ हो। शेर्पा एसोसिएसनका ग्लोबल चेयरम्यान आङ दोर्जे लामाको प्रमुख आतिथ्य र अमरराज कर्णिकारको विशिष्ट आतिथ्यमा हायात अगाडि बाइक पस प्रालि नामक नयाँ शोरुम उद्घाटन गरिएको हो।
आजै कम्पनीले पाँच जना मोटरसाइकल खरिद गर्नेहरुलाई चाबी हस्तान्तरण गरेको जनाएको छ।

प्रतिक्रिया