ad ad

अटो


निषेधाज्ञापछिको अटो बजारमा उछाल आउँछ : अटो व्यवसायी

निषेधाज्ञापछिको अटो बजारमा उछाल आउँछ : अटो व्यवसायी

नेपालखबर
असार ८, २०७८ मंगलबार ११:५२,

निषेधाज्ञापछि खुलेको अटो बजारमा ‘उछाल’ आउने व्यवसायीले विश्वास गरेका छन्।

गत वर्ष लकडाउनपछि चम्केको अटो बजार यो वर्ष पनि निरन्तरता पाउने बताएका हुन्।

गत वर्ष चैतमा लकडाउन भएपछि करिब ३ महिना अटो बजार पूरै ठप्प भएको थियो।

त्यसपछि खुकुलो बन्दा सुरुमा दुईपांग्रे र पछि चारपांग्रे प्यासेन्जर भेहिकलको राम्रो व्यापार भएको थियो।

गत वैशाखसम्म आइपुग्दा चारपांग्रे गाडीको मागअनुसार डेलिभरी गर्न नसकेको बताएका थिए।

हाल देशभर निषेधाज्ञा नखुले पनि काठमाडौं उपत्यकामा अटोबजार खुल्दा रौनकता आउने बताएका छन्।

सरकारले हप्तामा ३ दिन अटोमोबाइल्स व्यवसाय खुल्ने निर्णय गरेसँगै बजार चलायमान बनाउन स्किम समेत ल्याउने तयारीमा रहेका छन्।

नाडाका दुई पांग्रे डिलर समितिका सभापति मिलनबाबु मल्लले गत वर्ष लकडाउन खुलेपछि नसोचेको व्यापार भएको बताउँछन।

‘गत वर्ष लकडाउनको समयमा व्यापार ठप्पै थियो। तर खुकुलो हुनेबित्तिकै व्यापार बढेको थियो’, मल्लले भने।

यमाहालगायत कम्पनीहरुले बजार खुलेसँगै स्किम समेत सार्वजनिक गरिसकेका छन्।

हाल कम्पनीहरुले किस्तामा गाडी खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमै सवारीसाधन बिक्री सुरु गरेका छन्।

विद्युतीय गाडी बिक्रेताले बजेटले कार÷जिपमा बढाएको कर खारेजसँगै व्यापार ह्वात्तै बढ्ने बताएका छन्। हालसम्म विद्युतीय गाडी नभएका कम्पनीले पनि विद्युतीय गाडी बजारमा ल्याउन प्रयासमा रहेका छन्।

टाटा मोटर्स नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले अब विद्युतीय गाडीमै केन्द्रित हुने बताएको छ।

‘निषेधाज्ञा खुकुलो भएसँगै अटोबजार चलायमान हुनेमा पूर्ण विश्वास छौँ’, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘पर्सनल प्यासेन्जर भेहिकलमा स्किमभन्दा नेक्सन ईभी छिट्टै ल्याउने तयारीमा छौँ। यसले बजारलाई चलायमान गर्न झन् सहयोग पु¥याउँछ।’

श्रेष्ठले एसलगायत साना कमर्सियल भेहिकलको लागि भने स्किम ल्याएको बताएका छन्। उनले बजारको विश्लेषण गर्दै व्यावसायिक रणनीति बनाउने बताएका छन्।

‘अहिले आफूसँग आर्थिक क्षमता भएकाले कुरेर बस्दैनन्। महामारीको समयमा सार्वजनिकभन्दा निजी सवारीसाधनमा आकर्षण बढेको छ’, श्रेष्ठले भने।

व्यक्तिगत सवारीसाधनको बजार राम्रो भए पनि सार्वजनिक यातायातमा प्रयोग हुने बस, जिपलगायतको व्यापार भने घटेको उनी बताउँछन्।

चारपांग्रे अटोमोबाइल व्यवसायीले अब विद्युतीय गाडीले बजारमा चहलपहल ल्याउने बताएका छन्। गत वर्ष कर बढ्दा ह्वात्तै घटेको विद्युतीय गाडीको बिक्री बढ्ने व्यवसायीको भनाइ छ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले अब विद्युतीय गाडीले बजार चहलपहल गराउन सहयोग पुग्ने बताएको छ।

‘निषेधाज्ञापछि खुलेको बजार यो वर्ष पेट्रोल/डिजेलसँगै विद्युतीय गाडीले पनि चहलपहल गराउने देखिन्छ’, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका एसिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने, ‘अटोमोबाइल बजार अब खुम्चिएर बस्दैन। हामीले गाडी डेलिभरी गर्न सुरु गरिसक्यौँ।’

उनले निषेधाज्ञा खुलेसँगै किया मोटर्सले बुकिङका विद्युतीय गाडी डेलिभरी सुरु गरेको बताएका छन्।

‘बजेटपछि विद्युतीय गाडीमा राम्रो रेस्पोन्स आएको छ। बुकिङ भएका गाडीको डेलिभरी सुरु गरेका छौँ’, लामिछानेले भने, ‘तत्काल हामीले स्किम ल्याउने योजना छैन।’

उनले गत चैत÷वैशाखको जस्तै व्यापार भए स्किम समेत आवश्यक नपर्ने बताए।

‘निषेधाज्ञाअघि बजारमा गाडीको राम्रो माग हुँदा कम्पनीहरुले मागअनुसारको डेलिभरी गर्नसकेका थिएनन्’, उनले भने, ‘निषेधाज्ञाको समयमा गाडी नेपाल भित्रिएकाले अब मागअनुसार डेलिभरी हुन्छ।’

दुईपांग्रे सवारी बिक्रेताले निषेधाज्ञापछि सामान्य अवस्थाभन्दा राम्रो बिक्री हुने विश्वास गरेका छन्। मोटरसाइकल तथा स्कुटर बिक्रेताले धेरै नेपालीको गाडी खरिद गर्ने क्षमता नहुँदा बाइकको बिक्री बढ्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .