ad ad

बागमती


भक्तपुरमा पानी ट्यांकरले किच्दा १७ महिने शिशुको मृत्यु

भक्तपुरमा पानी ट्यांकरले किच्दा १७ महिने शिशुको मृत्यु

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १४:२४, भक्तपुर

भक्तपुरमा पानी ट्यांकरले किच्दा १७ महिने शिशुको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित त्रिपुरासुन्दरी ग्रिल उद्योगअगाडि शिशुलाई ट्यांकरले किचेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए। 

दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका ५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका छोरा १७ महिनाका सलिन श्रेष्ठको ज्यान गएको हो। 

खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेको र गाडी अगाडि बढाउँदा उनलाई किचेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकामा उपचारकै क्रममा बिहान १० बजेतिर ज्यान गएको डीएसपी पाण्डेले बताए। 

गाडी  चालक सिन्धुपाल्चोक मेलम्ची गाँउपालिका ३ का २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .