ad ad

बागमती


काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ यात्रु घाइते

काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ यात्रु घाइते

नेपालखबर
असोज १५, २०७९ शनिबार १२:३८, बनेपा

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। 

प्रहरीका अनुसार डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार दुर्घटनामा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बाको मृत्यु भएको हो। जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ। 

घाइते चार जनामध्ये दुई जनाको धुलिखेल अस्पतालमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँका लागि खसी-बोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .