प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा सहिद दिवस मनाइने गरिन्छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सहिद स्मारकमा ढुंगामा कुदिएर बनाइएको सदिको प्रतिमामा माल्यार्णपन गरेर दिवस मनाएको छ।
बागमती प्रदेश सरकारको आयोजनामा प्रदेशका मन्त्री, सांसद, कर्मचारी लगाएत विभिन्न स्थानीय टोल विकास समितिको पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश प्रमुख यादवचन्द्र शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, उर्जा सिंचाई मन्त्री एकलाल श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, पूर्व मुख्यमन्त्री डोरमणी पौडेल लगाएत स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।
यसैको सम्झनामा आजको दिन सहिद दिवस मनाउने प्रचलन रहेको छ।
प्रतिक्रिया