ad ad

बागमती


हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते

हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते

नेपालखबर
माघ २५, २०७९ बुधबार १८:२२, हेटौँडा

हेटौँडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो।

अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो। उनको गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ठूलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुन प्रसाद देवकोटाले जानकारी दिए। 

मंगलबारदेखि हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक मच्चिएको छ। हिजो स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले आज सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको छ। आजै महिलालाई समेत घाइते बनाएको छ।

गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन्। अहिले वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .