ad ad

बागमती


हेटौंडाको शिवशिखर सहकारीमा ताला लगाएर सञ्चालक फरार

हेटौंडाको शिवशिखर सहकारीमा ताला लगाएर सञ्चालक फरार

सुनिता विष्ट
चैत ६, २०७९ सोमबार २१:२५, हेटाैँडा

हेटौंडा–४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीमा ताल्चा लगाएर सञ्चालक फरार भएको झण्डै दुई महिना हुन लागिसकेको छ। लामो समयदेखि सञ्चालकहरु फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ। 

बचत रकम फिर्ता दिन नसकेपछि विगत १ महिना भन्दा लामो समयदेखि बन्द रहेको सकारीको ढोकामा सयौं बचतकर्ताहरुले दिन बिताउने गरेका छन्। 

बचत रकम फिर्ता दिने भन्दै लामो समय कुराए पनि सहकारीका कर्मचारी र संचालकहरु सम्पर्कविहीन भएपछि सोमबार हेटौंडाका बचतकर्ताहरुले संघर्ष समिति नै बनाएर विरोध सुरु गरेका छन्।

लामो समयसम्म सहकारीको ढोका बन्द भएपछि न्याय माग्नको लागि सडकमा उत्रिएको पीडित बचतकर्ताहरु बताउँछन्। केही समयअघि पनि जिल्ला प्रशासन कार्यालयदेखि हेटौंडा उपमहानगरपालिकासम्म ध्यानाकर्षण गराए पनि सञ्चालकहरु सम्पर्कमा नआएको भन्दै बचतकर्ताहरु आक्रोशित भएका छन्। 

सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको पीडितहरु गनासो गर्छन्। सहकारीले बचतकर्ताको रकम कहाँ लगानी गरेको छ भनेर जवाफ नदिएको उनीहरूको भनाइ छ। 

पीडितले लगभग १ महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पनि न्याय दिलाइदिन आग्रह गरेका थिए। तर हालसम्म पनि सहकारीका सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयलेसमेत सम्पर्कमा ल्याउन नसकेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन्। 

हेटौंडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो। हेटौंडामा यो सहकारीको १६ औं शाखा हो। 

शिव शिखरसँग हेटौँडाबासीहरूले बचत रकम फिर्ता मागेको घटना करिब २ महिना अगाडि देखिको हो। सहकारीले करिब २ महिनाअघि नै ढोकामा ताल्चा लगाएको थियो।

तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो। तर तोकिएको समयमा बचत फिर्ता दिन नसकेपछि पछिल्लो १ महिनादेखि सहकारी पूर्णरुपले बन्द भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .