ad ad

बागमती


महानगरको पहिलो प्राथमिकता नै नगरवासीलाई रोग लाग्न नदिनु हो : डंगोल

महानगरको पहिलो प्राथमिकता नै नगरवासीलाई रोग लाग्न नदिनु हो : डंगोल

नेपालखबर
जेठ २०, २०८० शनिबार १४:३३, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन्। 

शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको बताइन्।

‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ। धेरैजना प्रतिनिधि ज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ।  लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ,’ उनले भनिन्, ‘तब समाजमा अझ धेरै काम गर्न सकिन्छ। जनप्रतिनिधिको भुमिका र
त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ।’

उनले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन्।

धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने पनि उनले बताइन्। उनले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने पनि बताइन्। 

‘हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन । त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो,’ डंगोलले भनिन्, ‘आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ।’

मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने हुने उनको भनाई छ। स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने पनि बताइन्। 

‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ,’ डंगोलले भनिन्, छत्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ। रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो।’

आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने डंगोलले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .