बागमती


न्वागी पर्वको अवसरमा २२ गते मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

न्वागी पर्वको अवसरमा २२ गते मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपालखबर
भदौ १८, २०८० सोमबार २१:२४, हेटाैंडा

बागमती प्रदेशका तीन जिल्लामा सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

यस्तै, सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं बूढानीलकण्ठ–५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएको छ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .