बागमती


७ डिग्री सेल्सियसमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

७ डिग्री सेल्सियसमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन ५, २०८० शनिबार ८:८, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। 

यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला यत्ति नै रहन पनि सक्छ भने थोरै घट्न पनि सक्छ। 

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो।

यस्तै उपत्यकाको अधिकतम तापक्रम पनि बढ्ने क्रममा जारी छ। आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ। 

शुक्रबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस थियो। 

अहिले बिहान उपत्पकामा पातलो हुस्सु लागिरहेकाे छ तर घाम लाग्दै जाँदा यो हटेर जाने मौसमविद् नगरकोटीले बताइन्।

काठमाडौँ उपत्यकाको मौसम भने मुख्यतया सफा (आकाशमा खासै बादल नभएको) छ। ‘आज दिनभर मौसम मुख्यतया सफा नै रहने सम्भावना छ’, उनले भनिन्। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार बादल लागेको तथा पानी परेको अवस्थामा तापक्रम थोरै घटे पनि मूलतः देशभर अब तापक्रम बिस्तारै बढ्नेतर्फ नै उन्मुख छ।

जाडो अर्थात् हिउँदयामको अवधि अब यही फेब्रुअरी महिना मात्र हो। त्यसपछि प्रिमनसुन सिजन सुरु हुन्छ। 

देशभरका लागिनेपालमा आज पनि पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला ३ दिनको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .