बागमती


काठमाडौँ उपत्यकाको मौसम र तापक्रम : आज कस्तो?

काठमाडौँ उपत्यकाको मौसम र तापक्रम : आज कस्तो?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन १४, २०८० सोमबार ७:१७, काठमाडौँ

काठडमाडौँ उपत्यकाको मौसम यतिबेला (सोमबार बिहान) आंशिक बदली (आधाजति आकाश बादलले ढोकेको) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज उपत्यकामा हुस्सु लागेको छैन। भिजिबिलिटी (पारदर्शिता) ६ किलोमिटर छ। 

आज दिनभर उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने र राति आंशिक बदलीदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। 

उनका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ। 

 ‘आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ २० देखि २२ डिग्रीसम्म पुग्ने अनुमान गरेका छौँ’, उनले भनिन्।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसम बदली र वर्षा भएका बेला तापक्रम केही घटे पनि अब देशभर तापक्रम क्रमशः बढ्ने क्रममा रहेको मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .