ad ad

बागमती


शालिनको कोठामा भेटिएको सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आईएम सरी’

शालिनको कोठामा भेटिएको सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आईएम सरी’

नेपालखबर
फागुन १८, २०८० शुक्रबार २१:५९, हेटाैँडा

चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको कोठामा सुसाइड नोट भेटिएको प्रहरीले जनाएको छ।

शवको मुचुल्का उठाउने बेलामा नै उनको कोठामा सुसाइड नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

शालिनका आफन्तले बलात्कार पछिको हत्या भएको दाबी गरिरहँदा उनको साथको सुसाइड नोटले घटना आत्माहत्या भएको प्रारम्भिक नतिजामा प्रहरी पुगेको बताइएको छ।

यद्यपी, उक्त सुसाइटमा लेखिएको अक्षर र मृतक शालिनले लेख्ने गरेको अक्षरसँग मिल्छ कि मिल्दैन भनेर डिजिटल फरेन्सिक चेक गर्न पठाइएको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले जानकारी दिए।

शालिनको साथमा पाइएको सुसाइट नोटमा लेखिएको छ, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ। मम्मी बाबालाई सम्झिएको छु भनिदिनु।’

गत शनिबार उनी होस्टेलको कोठामा स्काउटको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। विगत २ बर्षदेखि उक्त होस्टेलमा बस्दै आएकी थिइन्।

शालिनको बलात्कार पछि हत्या गरेर झुण्ड्याइएको पीडित पक्षले दाबी गर्दै विद्यालयका प्रिन्सिपल सहित तीन जना विरुद्ध किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीको आधारमा प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेल पक्राउ परेका छन्।

पीडित पक्षले बलात्कारपछि हत्या दाबी गरिरहे पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।

‘अहिले घटनाको बारेमा विस्तृत अनुसन्धान भैरहेको छ। शवको पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउला। डिजिटल फरेन्सिक रिपोर्ट पनि आएपछि घटनाको वास्तविक रहस्य खुल्नेछ,’ डिएसपी भण्डारीले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .