ad ad

बागमती


अस्पतालको टिकट लिन लाइनमा कुर्दाकुर्दै बिरामीको मृत्यु

अस्पतालको टिकट लिन लाइनमा कुर्दाकुर्दै बिरामीको मृत्यु

सुनिता विष्ट
फागुन २७, २०८० आइतबार १४:८, हेटौँडा

चितवनस्थित ‘बकुलहर रत्ननगर अस्पताल’मा आइतबार बहिरंग सेवाको टिकट लिन लाइनमा कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।

आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको  मृत्यु भएको हो। 

टिकट पाउन धेरै बेर कुर्नुपर्ने भएकाले आज बिहान १० बजे नै अस्पताल पुगेर लाइन बसेको आधा घण्टापछि उनी अचानक बेहोस भएर ढलेका थिए। तुरुन्त उठाएर उनलाई अस्पतालको आकास्मिक कक्षमा पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ।

अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन्।

शनिबार रातिदेखि मुटु दुखेपछि उनी मोटरसाइकलमा एक्लै अस्पताल गएको पारिवारिक स्रोतलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .