बागमती


देशमा झैझगडा, सम्बन्ध विच्छेद, बलात्कार, हत्या, आत्महत्या बढेको भन्दै मैतीदेवीमा विशेष पूजा

देशमा झैझगडा, सम्बन्ध विच्छेद, बलात्कार, हत्या, आत्महत्या बढेको भन्दै मैतीदेवीमा विशेष पूजा

नेपालखबर
चैत ३, २०८० शनिबार १३:५७, काठमाडौँ

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि काठमाडाैँस्थित मैतीदेवी मन्दिरमा आज (शनिबार) वेदपाठ, चण्डीपाठ र होमादि गरेको छ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध-विच्छेद, बलात्कार, आत्महत्या, हत्या-हिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो।

परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .