बागमती


उपत्यकाको आकाश बिहानैदेखि बादलले डम्म, वर्षाको सम्भावना

मौसमविद् भन्छन् : आज पनि घाम देखिन मुस्किल छ
उपत्यकाको आकाश बिहानैदेखि बादलले डम्म, वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत ९, २०८० शुक्रबार ७:३०, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाश बादलले ढोकेको) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला (शुक्रबार बिहान) उपत्यकाको मौसम साधारणतया बदली छ। ‘अर्थात् आकाशमा बादल लागिरहेको छ’, उनले भनिन्, ‘पातलो हुस्सु पनि लागिरहेको छ।’

हुस्सुका कारण अहिले उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) २ किलोमिटर मात्र रहेको उनले बताइन्। तर हुस्सु केही बेरमा हटेर जाने सम्भावना छ। 

बिहान ७ बजेर २० मिनेट जाँदा उपत्यकाको वायुको तापक्रम १३ डिग्री सेल्सियस छ भने बिहान न्यूनतम तापक्रम ११.९ डिग्री सेल्सियस देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आज उपत्यकाको अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको उनले बताइन्। 

मौसमविद् नगरकोटीका अनुसार दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ। ‘उपत्यकाका सबै ठाउँमा त पानी नपर्ला, कतै कतै वर्षा हुने सम्भावना छ’, उनले भनिन्। 

मौसम महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि उपत्यकामा घाम लाग्ने सम्भावना एकदमै कम छ। ‘आज पनि उपत्यकाको मौसम दिनभर बदली हुने देखिएको छ’, उनले भनिन्, ‘घाम देखिन मुस्किल छ।’ 

देशभरको मौसमका लागिपहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .