काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आइतबार बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार ५.८ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम आज ६ डिग्री सेल्सियसमा उक्लिएको हो।
दुई दिनअघि शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो।
शुक्रबार साँझ पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेसँगै मौसम बदली भएका कारण काठमाडौँ उपत्यकासहित देशभर न्यूनतम तापक्रम बढ्दै अधिकतम तापक्रम घटेको हो।
मौसमविद्का अनुसार दिनभर आकाशमा बादल लाग्दा घाम लाग्न नपाउने भएका कारण अधिकतम तापक्रम घट्छ भने रातिचाहिँ आकाश बादलले ढाक्दा पृथ्वीको तापक्रम बाहिरिन नपाई न्यूनतम तापक्रम बढ्छ।
आजदेखि भने मौसम क्रमशः सुधार भई काठमाडौँ उपत्यकामा घाम लागेको छ। जसले गर्दा आज अधिकतम तापक्रम बढ्ने सम्भावना छ भने राति आकाश सफा रह्यो भने भोलि न्यूनतम तापक्रम घट्ने सम्भावना देखिन्छ।
हेर्नुहोस् आजको न्यूनतम तापक्रमको सूची (अधिकतम भने शनिबारकै हो)

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ।
Shares

प्रतिक्रिया