बागमती


मकवानपुरमा १० किलो गाँजासहित दुई महिला पक्राउ

मकवानपुरमा १० किलो गाँजासहित दुई महिला पक्राउ

नेपालखबर
जेठ २६, २०८२ सोमबार १७:१६, हेटौँडा

मकवानपुरमा १० किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन्। सोमबार बिहान ११ बजेतिरको समयमा हेटौँडा १५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।  

नियमित चेकजाँचको क्रममा हेटौँडाबाट वीरगञ्जतर्फ गइरहेको बा ३ ख ८३९४ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा १० किलो ४० ग्राम गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

बसमा सवार मकवानपुर कैलाश गाउँपालिका–२ की ४० वर्षीया फुलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तानलाई शंका लागेर प्रहरीले तलासी गरेको र उनीहरूको साथमा रहेको झोलामा लुकाएर राखिएको गाँजा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

बरामद गरिएको गाँजासहित दुवै महिलामाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी अर्यालको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad