बागमती


बागमतीको बजेटमा प्रहरी संरचनाका लागि २३ करोड बजेट, लगानी प्रदेशको- अधिकार संघको

बागमतीको बजेटमा प्रहरी संरचनाका लागि २३ करोड बजेट, लगानी प्रदेशको- अधिकार संघको

सुनिता विष्ट
असार ४, २०८२ बुधबार १८:३८, हेटौँडा

नेपालको संविधान २०७२ ले निर्धारण गरे अनुसार संघीयता कार्यान्वयनका लागि देशमा तीन तहका सरकारी संरचना छन्। तीनै तहका सरकारलाई संविधानले नै तोकेर अधिकार बाँडफाँट गरेको छ।

संविधान अनुसार हुनुपर्ने प्रहरी समायोजनको अधिकार अझै पनि संघबाट प्रदेशमा प्रत्यायोजन हुन सकेको छैन। तर प्रदेश सरकारले प्रहरीमाथिको लगानीलाई भने उच्च प्राथमिकतामा राखेको पाइन्छ।

बागमती प्रदेश सरकारले हालसम्म प्रदेशका उपत्यका बाहेक १० जिल्लामा ७२ वटा प्रहरी भवन निर्माण गरिसकेको अवस्था छ।

प्रदेश सरकारले आफू मातहत प्रहरी संगठनको अधिकार प्राप्त नहुँदै आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ७२ वटा प्रहरी भवन निर्माण गरेको जनाएको छ। यस्तै, आगामी आर्थिक वर्षमा नयाँ प्रहरी भवन ४ वटा र अन्य प्रहरी संरचना निर्माणका लागि २३ करोड बढी बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा प्रहरी भवन निर्माणका लागि मात्रै करोडौँ रकम विनियोजन गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले बागमती प्रदेश प्रहरी अस्पताल भवन निर्माणका लागि क्रमागतमा ४ करोड रुपैँया विनियोजन गरेको छ भने इलाका प्रहरी कार्यालय खैरहनी, चितवनको भवन निर्माणका लागि २ करोड १३ लाख रुपैँया विनियोजन गरेको छ। 

यता, दोलखाको सुनखानी प्रहरी चौकी भवन निर्माणका लागि ५० लाख, शसस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा बेस आदमघाटमा बहुउदेश्यीय भवन निर्माणका लागि ५० लाख रुपैँया विनियोजन भएको छ।

सिन्धुलीको खाङसाङ प्रहरी चौकी भवन निर्माणमा लागि ४ लाख ८६ हजार, जिल्ला प्रहरी कार्यालय दोलखाको भवन निर्माणका लागि १ करोड २० लाख र बागमती प्रदेश प्रहरी कार्यालयमा डग केनल निर्माणका लागि १५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ। 

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका चैनपुरमा प्रहरी चौकी भवन निर्माणका लागि १ करोड ३४ लाख रुपैँया बजेट प्रदेश सरकारले छुट्याएको छ भने प्रहरी चौकी भवन निर्माण शेराबजार नुवाकोटका लागि १ करोड ३४ लाख र सिन्धुपाल्चोकको काउलेमा प्रहरी चौकी भवन निर्माणकै लागि १ करोड ३४ लाख रुपैँया नै बजेट विनियोजन गरेको छ। 

बागमती प्रदेश प्रहरी कार्यालयकै लागि फर्निचर खरिद शीर्षकमा २० लाख रुपैंँया बजेट विनियोजन गरेको छ भने रसुवाको गोसाइँकुण्ड–२ टिमुरेमा सुरक्षा जाँच चौकी भवन निर्माणको डीपीआर तयार गर्न १० लाख रुपैँया बजेट विनियोजन गरिएको छ। मकवानपुरको हेटौंडा–१५ रातोमाटेमा सुरक्षा चेकजाँच चौकी  निर्माणका लागि आईईई अध्ययन तथा परामर्श शीर्षकमा ५ लाख रुपैँया बजेट छुट्याइएको छ भने सोही प्रहरी चौकीमा अत्याधुनिक सुरक्षा चौकी निर्माणका लागि ५ लाख रुपैँया छुट्याइएको छ। 

यता, बागमती प्रदेश प्रहरी गण हेटौंडामा सिनियर अधिकृत व्यारेक मेशसहित निर्माणका लागि २० लाख, सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापको मेश भवन मर्मतका लागि २० लाख, सशस्त्र प्रहरी बल नेपाल १४ नं गण हेडक्वाटरको संरचनागत सुधारका लागि ३५ लाख, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको हिरासत कक्ष मर्मत सम्भारका लागि १५ लाख रुपैँया बजेट विनियोजन भएको छ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, सिन्धुलीको बहुउदेश्यी भवन मर्मत सम्भारका लागि २५ लाख, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेश, सिन्धुली खुर्कोटमा संरचनात्मक सुधारका लागि १० लाख, नेपाल प्रहरी विशेष सुरक्षा गण,रातमाटेका लागि २० लाख रुपैँया बजेट विनियोजन भएको छ। 

यस्तै, काभ्रेको कारागार कार्यालयको लागि संरचनागत सुधारका लागि ७ लाख ५० हजार, कारागार कार्यालय भीमफेदीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलको संरचनागत सुधारका लागि १५ लाख, सशस्त्र प्रहरी बल नं३ गढीमाई – विपद् सामग्री भण्डार मर्मतका लागि २० लाख, कालिकास्थान रसुवा ईलाका प्रहरी कार्यालय मर्मत शीर्षकमा १५ लाख र गढीमाई बाहिनी मुख्यालय संरचना सुधार शीर्षकमा १५ लाख रुपौं बजेट विनियोजन भएको छ। 

इलाका प्रहरी कार्यालय चनौली चितवनको हिरासत मर्मतका लागि १२ लाख ५० हजार, ईलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवाको भवन मर्मतका लागि १५ लाख, प्रहरी चौकी बेलघारी, तीनपाटनको कम्पाण्ड वाल निर्माण गर्न ७ लाख ५० हजार, प्रहरी चौकी लिसंखुपाखरको घेराबारका लागि ७ लाख ५० हजार, इलाका प्रहरी कार्यालय बागमतीको संरचना सुधारका लागि ७ लाख ५० हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संरचनात्मक सुधारको लागि १५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ। 

त्यसोत, जिल्ला प्रहरी कार्यालय चितवनको मेश निर्माणका लागि २० लाख, सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई मुख्यालयको संरचनात्मक सुधार शीर्षकमा १५ लाख रुपैँया बजेट विनियोजन भएको छ।

प्रदेशका आन्तरिक तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने संघ सरकारले प्रहरी समायोजनमा चासो नदेखाए पनि प्रहरीका लागि प्रदेश सरकारले प्रशस्त लगानी गरेको बताउँछन्।

प्रदेश सरकारले स्थापनाकाल देखि नै वर्षेनी प्रहरी संरचनामा लागनी गर्दै आएको मन्त्री लामिछानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad