बागमती


सुल्झिएन बागमतीको बजेट विवाद, सत्तारुढकै कुरा नमिलेपछि फेरि सर्‍यो सदन

सुल्झिएन बागमतीको बजेट विवाद, सत्तारुढकै कुरा नमिलेपछि फेरि सर्‍यो सदन

सुनिता विष्ट
असार १६, २०८२ सोमबार १८:४३, हेटौँडा

बागमती प्रदेशसभाको बैठक विहीबारसम्मको लागि स्थगित भएको छ। 

सोमबार (आज) दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक तोकिएको समयमा सुरु हुन नसकेपछि आजै दिउँसो ३ बजेसम्मका लागि समय सारिएको थियो।

३ः१५ सम्म पनि प्रदेश सभा बैठक बस्ने सुरसार नभएपछि प्रदेशसभा सचिव रामकुमार पौडेलले एक घण्टापछि अर्थात् ४ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेका थिए। 

साँझ ५ बजेसम्म पनि सत्तारुढ दलहरु सदन सुचारु गर्न सकारात्मक नदेखिएपछि १९ गते बिहान ११ बजे बस्नेगरी प्रदेश सभा बैठक स्थगित गरिएको हो। 

प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सत्तारुढ दल एमालेबीच सहमति नजुट्दा आजका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको बताइएको छ। आज एकैदिन दुईपटकसम्म समय सार्दा पनि सत्तारुढ दलबीच सहमति नजुटेको हो। 

आजै बिहान ११ बजेदेखि कांग्रेस संसदीय दलको बैठक बसेको थियो। दिनभरजसो छलफल हुँदा पनि सहमतीको वातावारण बन्न नसकेको कांग्रेसका एक सांसदले बताए। 

उनका अनुसार अधिकांश सांसदहरु अर्थ मन्त्री कुन्दनराज काफ्लेप्रति पोखिएका थिए। बजेट विनियोजन पारदर्शी नभएको भन्दै कांग्रेस भित्रकै सांसदहरु असन्तुष्ट देखिएका छन्। 

यता, सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद पनि नमिलेको एमालेका सांसदहरु बताउँछन्। आफूहरुले पठाएको योजना मन्त्रालयहरुले कटौती गरेको भन्दै एमालेभित्र पनि विवाद बढेको छ। 

सत्तामा रहेका दलहरुबीच नै बजेटको असन्तुष्टी उत्कर्षमा पुग्दा बजेटमाथिको छलफल नै अन्यौल बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad