धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ।
शनिबार (आज) बिहान करिब ६:४५ बजेतिर सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधानको लामो जाम लागेको थियो।
जेसीभीको सहायताले ढुंगा पन्छ्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ।
माथिबाट ढुंगा झरिरहेका कारण पहिरो पन्छ्याउन असहज भइरहेको प्रहरीले जनाएको छ।
120
Shares

प्रतिक्रिया