बागमती


सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

नेपालखबर
असोज २, २०८२ बिहिबार १०:३७, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन्। 

बिहीबार बिहान पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन्। 

‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने। 

तर आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले बताए। 

‘दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ’, उनले भने, ‘हामीले विभिन्न व्यक्तिहरू अथवा विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्ति एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्‍याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने पनि गर्‍यौँ।’ 

‘सिंहदरबारमा हामीले पाँचवटा दमकल परिचालन गरेका थियौँ’, उनले भने, ‘सिंहदरबार, अदालत, साझा सम्पत्ति हाम्रो प्राथमिकतामा थियो।’ 

उनले आफूहरू आगजनी भएको दिन भदौ २४ गते सवा ८ बजेदेखि २६ गते बिहानसम्म खटिएको पनि बताए। 

महानगर प्रहरी प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘विभिन्न अस्पतालमा सिभिल अस्पताल, मोडेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङमा रगत अभाव भएको अवस्थामा पनि मैले प्रहरीलाई पठाएको थिएँ।’

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad