काठमाडौँ उपत्यकामा आज (मंगलबार) न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले नेपालखबरलाई दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियसमा झरेको हो।
'यो काठमाडौँ उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम हो, यसभन्दा अघि सबैभन्दा कम हिजो ११ डिग्री सेल्सियस थियो', उनले भने।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेलासम्म अझ घट्ने सम्भावना हुन्छ भने यत्ति नै रहन पनि सक्छ।
मौसमविद् दाहालका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै रहने सम्भावना छ।
627
Shares

प्रतिक्रिया