बागमती


काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो चिसो

काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो चिसो

नेपालखबर
मंसिर ६, २०८२ शनिबार ७:३, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (शनिबार) ह्वात्तै चिसो बढेको छ।

उपत्यकाको न्यूनतम तापक्रम एकदिनमै स्वाट्टै घटेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको हो। 

हिजो (शुक्रबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे घटेर ११ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। 

हिजो शुक्रबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम विवरण:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad