बागमती


भक्तपुरमा प्रहरीलाई चक्कु प्रहार, चार जना पक्राउ

भक्तपुरमा प्रहरीलाई चक्कु प्रहार, चार जना पक्राउ

नेपालखबर
पुस २४, २०८२ बिहिबार ७:८, भक्तपुर

भक्तपुरमा बुधबार प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।

मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो। यस क्रममा एक प्रहरी घाइते भएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेस्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो।

प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसी घाइते भएका छन्।

उनको उपचार महाराजगन्जस्थित प्रहरी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad