बागमती


काठमाडौँ महानगरपालिकाले भन्यो: आजदेखि हाम्रा सबै कार्यालय बिहान ९ बजे खुल्छन्, बिदा २ दिन

काठमाडौँ महानगरपालिकाले भन्यो: आजदेखि हाम्रा सबै कार्यालय बिहान ९ बजे खुल्छन्, बिदा २ दिन

नेपालखबर
चैत २३, २०८२ सोमबार ७:५९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले मन्त्रिपरिषद्‌को निर्णयबमोजिम आज चैत २३ देखि  महानगरपालिका मातहतका सबै कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने तथा शनिबार र आइतबार बिदा दिइने बताएको छ।

काठमाडौँ महानगरपालिकाको प्रशासन विभागले सूचना जारी गरी कार्यालय समय र बिदाको नयाँ नियम आजैदेखि लागु हुने जानकारी आफ्ना जनप्रतिनिधि, कर्मचारी, महानगरवासी तथा सम्बन्धित सबैलाई गराएको हो।

साथै महानगरपालिकाले मातहतका सबै कार्यालयलाई सोहीबमोजिम व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

यो पनि : आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad